अात्मरक्षाका लागि महेन्द्रगरमा प्रहरीले गोली चलायो : प्रहरी प्रवक्ता

अात्मरक्षाका लागि महेन्द्रगरमा प्रहरीले गोली चलायो : प्रहरी प्रवक्ता


काठमाडौं–  कञ्चनपुरकाे महेन्द्रनगरमा प्रहरीकाे गाेली प्रहारबाट बालक चेतन भट्टकाे मुत्यु भएकाे घटनाबारे नेपाल प्रहरीकाे अाधिकारिक धारणा अाएकाे छ।

१३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याकाे विराेध र घटनाका दाेषीलार्इ कारबाहीकाे माग गर्दै दिनहुँ अान्दाेलन भइरहँदा शुक्रबार बेलुका प्रहरीले गाेली चलाउँदा बालक  सन्नी खुनाकाे मृत्यु भएकाे  थियाे।

घटनाबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी शैलेश क्षत्री थापाले कञ्चनपुरमा प्रहरीले आत्मरक्षाका लागि गोली बताए। उनका अनुसार भीडकाे स्थिति नियन्त्रणमा लिन प्रहरीले सुरुमा केही सेल अश्रुग्यास प्रहार गरेपनि  आक्रोशित भीड प्रहरीमाथि जाइलागेपछि हवाई फायर गर्नुपरेको  थियाे। तर, आकस्मिक रुपमा स्थिति प्रहरी नियन्त्रणभन्दा बाहिर गएपछि हवाई फायर भएको  र साे क्रममा प्रहरीले आत्मरक्षाका लागि हवाई फायर गर्दा बालककाे ज्यान गएको उनले बताए।