देउबाले बोलाए बैठक,वर्तमान राजनीतिक गतिरोधबारे समिक्षा गरिने

देउबाले बोलाए बैठक,वर्तमान राजनीतिक गतिरोधबारे समिक्षा गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन् ।

 

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार बैठक भोलि शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

 

 

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा व्यहोरेको हारको परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे समिक्षा गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।

 

 

कांग्रेसले निर्वाचन सकिएको तीन साता पछि मात्रै केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

 

 

सभापतिबाट देउवाले राजिनामा दिनुपर्ने, महाधिबेसन बोलाउनुपर्ने भन्दै कतिपय नेताहरुले त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउन माग गर्दै आएका थिए।

 

बैठकमा राजीनामा माग्ने नेताहरुलाई कडा जवाफ दिने गरी देउवाले तयारी गरेको पनि देउवा निकट श्रोतले जनाएको छ ।

 

 

कांग्रेसका महत्वपुर्ण निर्णयहरु केन्द्रीय कार्यसम्पादन समिति मार्फत नै हुदैँ आएका छन्।