काठमाण्डु – आफ्नी श्रीमती राधादेवीको जीवनी छपाउने सताब्दीपुरुष सत्यमोहन जोशीको सपना अधुरै रहेको छ ।
आफूभन्दा चार वर्ष कान्छी राधादेवीको जीवनी प्रकाशन गर्न सत्यमोहनले चार वर्षअघि नै केही लेखकहरुलाई अनुरोध गरेका थिए ।
आफ्नो सफलतामा सधै पत्नीको योगदान रहेको बताउने सत्यमोहनको त्यो सपना भने अधुरै रहन पुग्यो । उनको आइतबार किस्ट अस्पतालमा देशान्त भइसकेको छ ।
यसअघि कसैले सोध्दा सत्यमोहनले बारम्बार भन्ने गर्दथे– ‘यिनले घर सम्हालिन्, छोराछोरी पढाइन् रत मैले अध्ययन, अनुसन्धान गरेर हिँड्ने मौका पाएँ ।’
५ जना छोराछोरीलाई स्याहार गर्न, पढाउन पक्कै पनि सजिलो थिएन राधादेवीलाई । तर पनि उनले सत्यमोहनसँग कहिल्यै गुनासो गर्नेगरिनन् ।
प्रतिक्रिया