काठमाण्डु – सर्वोच्च अदालतले राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालिन आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले रुपन्देही क्षेत्र २ का नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयमा अल्पकालिन आदेश जारी गर्दै दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।
निर्वाचन आयोगले बैंकिङ कसूरसम्बन्धी मुद्दामा अदालतले सजाय तोकेका गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।त्यसका विरुद्धमा गुरुङ सर्वोच्च अदालत गएका थिए ।
प्रतिक्रिया