सेयर बजार : सामान्य अंकले घट्यो नेप्से

सेयर बजार : सामान्य अंकले घट्यो नेप्से


काठमाण्डु – सोमबार सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से परिसूचक २.६१ अंकले घटेर १८५८.३३ अंकमा झरेको हो । यद्यपि सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले बढेको छ ।

यता कारोबार रकम भने आज अनपेक्षित रुपमा घट्न पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेका अनुसार २ अंकले घटेको बजारमा आज जम्मा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

यस दिन डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् । भने, बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, नन् लाइफ इन्स्योरेन्स, म्युचुअल फन्ड र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

आज अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले अधिकतम ९।९९ प्रतिशतले कमाएका छन् भने पिपुल्स पावर लिमिटेडका लगानीकर्ताहरुले ९।९७ प्रतिशतले गुमाउन पुगेका छन् ।