पोखरा – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएकी म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भएको हो ।
एपीएफ क्लबमा आवद्ध उनको खुट्टा फ्याक्चर भएपछि प्लास्टर गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले प्लास्टर गरिएको उपचारमा संलग्न पोखरास्थित अन्नपूर्ण हस्पिटलका चिकित्सकले बताएका छन् ।
पुष्पाले १३औं दक्षिण एसियाली खेलकुद सागमा २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गरी रजत पदक जितेकी थिइन । उनी महिला म्याराथनतर्फ सागमा पदक जित्ने पहिलो खेलाडी हुन् ।
प्रतिक्रिया