ओखलढुंगा – ओखलढुंगामा नेकपा एमालेबाट प्रदेशसभा ‘क’ मा अम्बिरबाबु गुरुङ उम्मेदवार बनेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि गुरुङ प्रदेशसभा सदस्यमा एमालेबाट पुनः उम्मेदवार बनेका हुन् । उनले आफुले थालेको अधुरा काम पुरा गर्ने र अर्को चुनावमा पुस्ता हस्तान्तरण गर्ने बताए ।
‘आफुले ५ वर्षको अवधिमा थालेका काम सम्पन्न गर्न र जिल्लामा कृषि आधुनिकिकरण, युवा स्वरोजगार लगायतका सवालमा काम गर्ने मुद्दा बोकेर म चुनावी मैदानमा होमिएको हुँ । एक कार्यकाल सकाएर अर्को चुनावमा पुस्तान्तरण गर्छु,’ उनले भने ।
जनताले देख्नेगरी काम गरेकाले आफुले निर्वाचन जित्ने उनको तर्क छ । उनले आफ्नो पाँच वर्षे कार्यकालमा जिल्लामा १० अर्ब बजेट भित्र्याएका छन् । अघिल्लो (२०७४) निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङले आफ्नो ५ वर्षे कार्यकालमा जिल्लामा विभिन्न विकासका आयोजनाका लागि १० अर्ब बजेट जिल्लामा ल्याउन सफल भएका हुन् ।
उनले पूर्वाधार विकास, खानेपानी, सिंचाई, सहरी विकास तथा आवास, पर्यटन तथा खेलकुद र विद्युतीकरण लगायतका शिर्षकमा जिल्लामा बजेट ल्याएका छन् ।
हेर्नुस् विवरण :
हेर्नुहोस् बजेट विवरण :
प्रतिक्रिया