नेपाल आयल निगमले माग्यो विभिन्न पदमा १२८ कर्मचारी

नेपाल आयल निगमले माग्यो विभिन्न पदमा १२८ कर्मचारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले विभिन्न पदका लागि १ सय २८ जना कर्मचारी माग गरेको छ । निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत् नियुक्त हुनेगरी १२८ कर्मचारी माग गरेको हो ।

रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फाराम भर्न सक्ने निगमले जनाएको छ ।

योग्यता पुग्ने इच्छुकले सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनभित्र दरखास्त फाराम पेस गर्नसक्ने छन् । ११ औं तहदेखि अरु सबै तहमा कर्मचारी माग गरिएको हो ।

जसमा चौथो र पाँचौको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरेको छ । त्यस्तै छैटौं तहदेखि माथिका पदको लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने जनाएको छ । साथै महिला एवं अपांगता भएकाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने निगमले जनाएको छ ।