अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक, रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो (पूर्णपाठ)

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक, रेमिट्यान्स १९.८ प्रतिशतले बढ्यो (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले शुक्रबार अर्थतन्त्रका अधिकांश सूचक निराशाजनकमा रहेको सरकारी प्रतिवेदन सार्वजनिक गरेको हो ।

विदेशी मुद्रा सञ्चिति बढ्न नसकेको, महंगी बढेको, चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको प्रतिवेदनले देखाएको छ । अर्थतन्त्रको अर्को महत्वपूर्ण सूचक रेमिट्यान्समा भने सुधार देखिएको छ ।

एक महिनाको अवधिमा विदेशी मुद्राको संचिति ८ अर्ब रुपैयाँले घटेको छ । साउन मसान्तसम्ममा ११ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा रहेकोमा भदौ मसान्त आइपुग्दा ११ खर्ब ८९ अर्ब कायम भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यता भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । दुई महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स नेपाल भित्रिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स ५.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

पूर्णपाठ: