काठमाडाैं–रौतहटको गौर नगरपालिका ४ स्थित लालबकैया नदीकाे टिकुलिया घाटमा डुंगा पल्टिएकाे छ।
लालबकैया नदीमा शनिबार बेलुका आएको बाढीले डुंगा पल्टाउँदा कम्तिमा ३५ जना बेपत्ता भएका छन् डुंगामा ४० जना भन्दा बढी सवार रहेकाेमा ५ जना पौडिएर बाहिर आएकाे र बाँकीको बेपत्ता रहेकाे राैतहटका एसपी केदार ढकालले जानकारी दिए।
बन्जारा गाउँबाट टिकुलिया तर्फ आउँदै गरेको डुंगा ललबकैया नदिमा आएको बाढीले बगाएको हो । घट्नास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकाल समेत गएका छन् । घटना करिब साडे ७ बजे भएको थियो।
प्रतिक्रिया