काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकसँग टेलिफोनमार्फत प्रत्यक्ष संवाद गरेका छन् ।
उनले गोलाप्रथा प्रणालीबाट छान्दै नागरिकसँग सम्पर्क गरेका हुन् । उनले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उनले उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
‘’कल केपी बा’ कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’
उनले मंसिर ४ गते हुने निर्वाचनका सन्दर्भमा नागरिकसँग टेलिफोनमार्फत कुरा गरि सुझाव लिएका हुन् । अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग मंगलबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए । उनीसँग कुरा गर्न करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए ।
प्रतिक्रिया