हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न

हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हिमालयन रिइन्स्योरेन्स लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त साधारण सभा काठमाण्डुको ठमेलस्थित होटल अलफ्टमा आज सम्पन्न भएको हो ।

सभाले अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतिले पारित गरेको छ । त्यस्तै सभाले आगामीआर्थिक वर्ष २०७९/८० का लागि लेखा परीक्षकको नियुक्ति तथा संचालकको पारिश्रमिक तथा भत्ता समेत निर्धारण गरेको छ ।

प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न संचालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरवदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत सो सभाले सर्वसम्मतिले पारित गरेको छ ।