काठमाण्डु – आइतबार सेयर बजार मापक परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक १४.३५ अंकले बढेर १८५८ अंकमा कायम भएको छ ।
कारोबार रकम भने बढ्न सकेन । कुल ५१ करोड ६८ लाख रुपैयाँको कारोबार भयो । १३५ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो भने ८ को स्थिर रह्यो ।
बैंकिङ ११, विकास बैंक ३३, फाइनान्स ४, जलविद्युत् १८, जीवन बीमा ३९, उत्पादन १०, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा ९०, अन्य ११ र व्यापार उपसमूह ४ अंक बढे । होटल तथा पर्यटन उपसमूह १९ अंक घट्यो ।
रुरु र सयपत्री हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो, जनउत्थान सामुदायिक लघुवित्तको ४ प्रतिशत बढ्यो । अभियान लघुवित्तको मूल्य ७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा एभरेस्ट बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक (संस्थापक) र गरिमा विकास बैंक क्रमशस् अगाडि रहे ।
प्रतिक्रिया