सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दुई जना पक्राउ 

सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दुई जना पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा–वीरगंज महानगरपालिका १६ स्थित भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा जिल्लाको निर्मलवस्ती ८ घर भई काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका १३ कालीमाटी बस्ने २७ बर्षिय सोमबहादुर श्रेष्ठ र २७ बर्षिय कृष्ण मगर छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपालको गुल्म हेक्वा नं. १४ वीरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

बा.८५ प ९७३२ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुवैलाई एपीएफ टोेलीले जाँच गर्दा उनीहरुको साथमा लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट डाईजोल्याब ३० वटा, फेनारगन ३० वटा र नुफ्रिन ३० वटा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।