काठमाण्डु – निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा लाइनमा नबसी मतदान गर्नेको सूची सार्वजनिक गरेको छ ।
आयोगले प्राथमिकताका आधारमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी, आफ्नो काखे बालबालिका साथमा भएकी महिला, अपांगता भएका व्यक्त तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदातालाई लाइनमा नबसी मतदान गर्न पाउने व्यवस्था गरेको हो ।
दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरू कुनै कारणले आफैँ मत संकेत गर्न नसक्ने भएको मतदाताको हकमा निजको एकाघर परिवारको सदस्यले मतदान गर्न सकिने बताएको छ । साथै मतदान अधिकृतको सहयोग लिन सकिने पनि व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया