काठमाण्डु – ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छन् ।
आयोगले शनिबार उम्मेदवार हुन अयोग्य रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएपछि आयोगको निर्णयविरूद्ध कार्की सर्वोच्च अदालत जाने भएकी हुन्।
सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो । सोहि उम्मेदवारी खारेजविरूद्ध उनी सर्वोच्च अदालत खुलेपछि रिट लिएर जाने भएकी छन् ।
कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले उल्लेख गरेकी छन्। तर यो पत्रमा आयोगले कार्कीलाई जवाफ दिएको थिएन ।
प्रतिक्रिया