सन्दिप विरुद्धको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

सन्दिप विरुद्धको थुनछेक बहस आज पनि सकिएन, मुद्दा हेर्दाहेर्दैमा

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा शुक्रबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको छ। जिल्ला अदालत काठमाण्डुमा उनीविरुद्धको बलात्कार मुद्दामा बिहीबार थुनछेक बहस भएको थियो।

लामिछानेका तर्फबाट आज पाँच जना वकिलले बहस गरेका छन्। कात्तिक १४ गते सोमबार काठमाण्डु जिल्ला अदालतमा दर्ता भएको सन्दीप विरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबार बयान भएको थियो ।

बुधबारबाट जारी थुनछेक बहसमा बिहीबारसम्म ४ सरकारी वकिल र ११ जना अधिवक्ता गरी १७ जनाले बहस गरिसकेका छन् । काठमाण्डु जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

भोलि पीडित किशोरी पक्षका वकिल र सरकारी वकिलले बहस गर्नेछन्। गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।