बझाङ – बझाङ जिल्लास्थित खप्तड छान्ना गाउँपालिका ७ मा पर्ने गुरेल झर्ना र गुरेल हिमाल प्राकृतिक रूपमा निकै सुन्दर र रमणीय छन् । आन्तरीक तथा बाह्य पर्यटक घुम्नका लागि यो क्षेत्र बाह्रै महिना उपयुक्त छ । खप्तड छान्ना गाउँपालिका ७ गडरायबाट करिब आधा घण्टाको पैदल यात्रापछि गुरेयल झर्ना र तीन घण्टाको अबधिमा गुरेल हिमालमा पुगिन्छ ।
गुरेल हिमालबाट कैलाश गुफा, खप्तड राष्टिय निकुञ्ज र मनमोहक पाटनहरु अवलोकन गर्न सकिन्छ । साइपाल हिमाल, सूर्मासरोवर ताल, अछामकाे रामारोशन, बाजुराको बडिमालिका, बैतडीको सिरीभावर, डडेलधुरा, डोटी लगायत सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लाका प्राय सबै ठाउँ नियाल्न सकिन्छ । अहिँले हिउँ पर्छ भने बर्खायाममा हरियाेले डाडाँकाडाँ रमाइला देखिन्छन् ।
सूर्योदय र सूर्यास्त अझ मनमोहक देखिन्छन् । गुराँस फुल्ने समयमा ‘गुराँस क्लाइमेक्स’ मा रमाउन, हरियालीको समयमा फाटिला चौरसँग आनन्द लिन उत्तिकै आनन्द आउँछ । ‘हाइकिङ’ र ‘ट्राभलिङ’ मा रमाउन चाहनेलाई गन्तव्यको खाँचो छैन् ।
गुरेल झर्ना र गुरेल हिमालको पर्याप्त प्रचार प्रसार नहुँदा पर्यटकहरुको आवागमन हुन सकेको छैन् । समुन्द्र सतहदेखि ३२ सयदेखि ४ हजार मिटरसम्म यसकाे उचाई रहेकाे छ।
प्रतिक्रिया