काठमाण्डु – नेपाल वायु सेवा निगमका पाइलट विजय लामा कार्वाहीमा परेका छन् । नागरिक उडड्यन प्राधिकरण (क्यान) ले लामालाई आइतबार ग्राउण्डेड गर्ने निर्णय गरेको हो । क्यानका महानिर्देशक प्रदिप अधिकारीले उनलाई कार्वाही गर्नुको साथै लामाको मलेसिया भ्रमण समेत रद्द गर्ने निर्णय गरेका छन् ।
लामा सेफ्टि इक्युमेण्ट इमरजेन्सी तालिमका लागि आइतबार मलेसिया जाने तयारीमा थिए । उनलाई कति दिन सम्मको लागि ग्राउण्डेड गरिएको भन्ने अझै खुलाइएको छैन ।
चर्चित एभियसन ब्लगर सम चुईलाई विना अनुमति जहाजको ककपिटमा लगेको भन्दै लामालाई कार्वाही गरिएको हो । चोई केही दिनअघि नेपाल भ्रमणमा आएका थिए ।
दुबईबाट काठमाण्डौं आउने क्रममा उक्त फोटो र भिडियो खिचिएको हो । उनले लामासंग ककपिटमा खिचेको फोटो र भिडियो सामाजिक संजालमा राखेका थिए । त्यसपछि आइतबार नै रुटिङ नेपालले उक्त फोटो आफ्नो भाइवर ग्रुप र फेसबुक पेजमा राखेको थियो ।
प्रतिक्रिया