टी-२० विश्वकप : न्युजिल्यान्डलाई हराएर पाकिस्तान फाइनलमा

टी-२० विश्वकप : न्युजिल्यान्डलाई हराएर पाकिस्तान फाइनलमा


एजेन्सी – पाकिस्तानले न्युजिल्यान्डलाई हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ । अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई न्युजिल्याण्डले १ सय ५२ रनको टार्गेट दिएको थियो । तर, पाकिस्तानले लक्ष्य ५ बल बांकी रहंदै पुरा गरेको थियो ।

पाकिस्तानका विकेट किप्पर समेत रहेका मोहम्मद रिजवानले ५७ रनको सानदार बनाएपछि पाकिस्तानलाई जित सहज भयो । न्युजिल्याण्डका कप्तान केन विलियमसनले टस जितेर ब्याटिङ रोजेका थिए । न्युजिल्याण्डका तर्फबाट डिरेल मिशेलले ३५ बलमा ५३ रन बनाए ।

पाकिस्तानको जितसंगै न्युजिल्यान्डको यसपटक पनि विश्वकप जित्ने सपना चकनाचुर भएको छ । न्युजिल्यान्ड गत वर्ष आयोजित पछिल्लो संस्करणमा फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा अस्ट्रेलियासंग पराजित भएपछि उप विजेतामा चित्त बुझाएको न्युजिल्याण्ड यसपटक भने सेमिफाइनलबाटै घर फर्केको हो ।

सन् २००७ मा आयोजना भएको पहिलो टी–२० विश्वकपमा न्युजिल्यान्ड सेमिफाइनलसम्म पुगेपनि फाइनल पुग्ने प्रतिस्पर्धामा पाकिस्तानसँगै ६ विकेटले पराजित भएको थियो ।

भारत र इग्लैंडबीच दोस्रो सेमीफाइनल म्याच १० नोभेम्बरमा हुंदैछ । दुवैमध्ये जसले जित्यो पाकिस्तानको फाइनलमा त्यसै टिमसंग प्रतिस्पर्धा हुनेछ ।