काठमाण्डु – कुमारी बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच सम्झौता भएको छ। कुमारी बैंक र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हाे।
यो योजना नोभेम्बर ११, २०२२ देखि लागू हुनेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङका प्रमुख अनिष ताम्राकार र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा कुमारी बैंकको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकमा खाता रहेका ग्राहकहरुले माथि उल्लिखित पूर्वभुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र हुनेछ।
प्रतिक्रिया