काठमाण्डु – कुमारी बैंक लिमिटेड र “दहिमालयन गृल बाइबाजेको” बीच विशेष छुट प्रदानगर्ने सम्झौता भएको छ ।
शुक्रबार कुमारी बैंक र काठमाण्डु वडा न १०, टोखास्थित “दहिमालयन गृल बाइबाजेको” बीच आफ्ना ग्राहकलाई सेवाहरुमा,कुमारी बैंकका डेबिट-क्रेडिट कार्ड वा क्यूआर मार्फत भुक्तानी गर्दा,विशेष छुट प्रदानगर्ने सम्झौता भएको हाे ।
द हिमालयन गृल बाइबाजेको तर्फबाट संचालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंक लिमिटेडको तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन् ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको हो ।
यस सहकार्य पश्चात् कुमारी बैंकका डेबिट- क्रेडिट कार्ड वाहकहरु व क्यूआर प्रयोगकर्ताहरुले दहिमालयन गृल बाइबाजेको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सक्नेछन् ।
प्रतिक्रिया