काठमाण्डु – नेपालले साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। ढाकामा भएको निर्णायक खेलमा नेपालले बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै पहिलो पटक उपाधि जितेको हो।
डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । अन्तिम खेलमा नेपाललाई हराएको अवस्थामा बङ्गलादेश विजेता हुने अवस्था थियो।
खेलमा सुरुवाती अग्रता नेपालले लिएको थियो। १४ औँ मिनेटमा नेपालकी सुशीला केसीले गोल गरेकी थिइन्। तर दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले खेल बराबरीमा ल्याएको थियो।
नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो भने भुटान विरूद्ध १-० र ७-० को जित निकालेको थियो।
प्रतिक्रिया