घरदैलो निशुल्क स्वास्थ्य शिविरले स्थानिय लाभान्वित

घरदैलो निशुल्क स्वास्थ्य शिविरले स्थानिय लाभान्वित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– एक दिने निशुल्क स्वास्थ्य शिविर काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको   इमाडोलस्थित स्वस्तिक टोल विकास संस्थाको आयोजनामा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीव २०० जनाले स्वास्थ्य परीक्षण गरेका छन् ।

शिविरमा वृद्धवृद्धा, बालबालिका, युवा आदिले नाक, कान, घाँटी र आँखाको विशेषज्ञ सेवा तथा सामान्य स्वास्थ्य परीक्षण गरेका थिए। महालक्ष्मी नगरपालिकाकी उपप्रमुख निर्मला थापाले शिविरको उद्घाटन गर्दै स्थानीय बासिन्दालाई घरदैलोमा नै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त सामाजिक कार्यबाट धेरै लाभान्वित हुने विश्वास व्यक्त गरिन।

स्थानीय पवन प्रकृति इङ्ग्लिस सेकेण्डरी स्कूलका प्रधानाध्यापक उत्तरकुमार राईले स्वास्थ्य शिविरले विद्यार्थीलाई र वरपरका स्थानीय बासिन्दालाई फाइदा पुगेको बताउँदै आगामी दिनमा पनि शिविर निरन्तर हुनुपर्नेमा जोड दिए।

आयोजक स्वस्तिक टोल विकासका निर्वतमान अध्यक्ष लोकेन्द्र कार्कीले स्थानीय बासिन्दाको आर्थिक सशक्तीकरण तथा सामाजिक विकासका कार्यमा संस्था क्रियाशील रहेको जानकारी गराए।