काठमाण्डु – आइसिसी टि-२० विश्वकप २०२२ को उपाधि इंग्ल्यान्डले जितेको छ ।
मेलबर्न क्रिकेट ग्राउन्डमा भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।
इंग्ल्यान्डको जितमा जोस बटलरले २० रन बनाए । बेन स्टोक्सले ५२ रन बनाउँदा ह्यारी ब्रुकले २० रन र मोइन अलीले १९ रन जोडे । पाकिस्तानका लागि हरिस रउफले दुई विकेट लिए । शाहिन अफ्रिदी र सादाब खानको नाममा एक/एक विकेट रह्यो ।
यसअघि टस हारेर ब्याटिङ थालेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । पाकिस्तानका लागि कुनै खेलाडीले अर्धशतकिय पारी खेलेनन् ।
कप्तान बाबर आजमले ३२ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १५ रनमै आउट भए । शान मसूदले ३८, सादाब खानले २० रन बनाए । अन्य राम्रो प्रदर्शन गरेनन् । इंग्ल्यान्डका साम करनले तीन विकेट लिँदा आदिल रशीद र क्रिस जोर्डनको नाममा दुई/दुई विकेट रह्यो ।
प्रतिक्रिया