काठमाण्डु – नेपालले युएईविरुद्धको तीन एक दिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो ।
सोमबारबाट सुरु भएको सिरिजमा पहिलो खेलमा युएईलाई ८४ रनको नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।
शुक्रबार टियु क्रिकेट मैदानमा भएको तेस्रो खेलमा युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखले अर्धशतकिय पारी खेले । मल्लले ७३ बलमा ७ चौका र ३ छक्काको मद्धतमा ६४ रनको योगदान गरे । शेखले नटआउट रहँदै ११९ बलमा १२ चौकाको मद्धतमा ८८ रन बनाए । अर्का ओपनर अर्जुन साउद ९ रनमै आउट भए ।
कप्तान रोहित पौडेल १० रनमा रनआउट भए । हरिशङ्कर शाह शून्य रनमै अविजित रहे भने दिपेन्द्र सिंह ऐरी पहिलाे बलमै रन आउट भए । युएईका हजरत बिलाल र आयान अफजल खानले एक,एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ थालेको युएईले ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । युएईका लागि हजरत बिलाल र आयान अफजल खानले उत्कृष्ट साझेदारी गरे । एक समय ३१.१ ओभरमा ९३-९ को अवस्थामा पुगेपनि दशौं विकेटका लागि आयन र हजरतले पुरै ओभर खेल्दै अविश्वसनीय पूनरागमन गराए । बिलालले २० रन बनाउँदा खानले ५४ रनको योगदान गरे ।
प्रतिक्रिया