काठमाण्डु- अभिनेता राजेश हमालले आइतबार संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत मतदान गरेका छन् ।
अभिनेता हमालले काठमाण्डुको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि उनले अर्को चुनावमा उठ्ने बताएका छन् ।
हमालले अबको पाँच बर्षमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन् । ‘अबको पाँच वर्षमा म पनि उम्मेदवार बन्छु । यो निर्वाचनले देशमा ठुलो परिवर्तन गर्नेछ’ उनले भने ।
अब सक्रिय राजनीतिमा लाग्ने हमालले संगेत गरेका छन् ।
्
प्रतिक्रिया