सातै देशका सरकार प्रमुख राष्ट्रपति भवनमा

सातै देशका सरकार प्रमुख राष्ट्रपति भवनमा


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल भ्रमणमा आएका छ वटै सदस्य मुलुकका सरकार प्रमुखहरुसंग संयुक्त भेटवार्ता गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, म्यानमारका राष्ट्रपति विन मिन्ट, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक र श्रीलंकका राष्ट्रपति मैत्रीपाला सिरिसेना सहभागी रहेका छन्।

उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले राष्ट्रपति भवनमा स्वागत गरेका थिए। बिहीबार सुरु हुने शिखर सम्मेलनमा राष्ट्रपति भण्डारीले पाहुनाहरुको सम्मानमा दिवा भोजको समेत आयोजना गरेकी छिन्।