प्रदेश प्रमुखको नियुक्तीका विषयमा प्रचण्ड र देउवाबीच निर्णायक वार्ता हुंदै

प्रदेश प्रमुखको नियुक्तीका विषयमा प्रचण्ड र देउवाबीच निर्णायक वार्ता हुंदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले दुई नेताबीच भेटवार्ता हुने कार्यक्रम रहेको जानकारी दिए ।

भेटमा प्रदेश प्रमुखको नियुक्तीका साथै राष्ट्रियसभा निर्वाचन र नयां सरकार गठनबारे छलफल हुने बताइएको छ । माओवादी केन्द्रको मंगलवार बसेको केन्द्रिय कार्यालयको बैठकले राजनितिक विवाद समाधान गर्नको लागी पहल गर्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसको मंगलवार बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा निर्वाचनको मिति घोषणा र प्रदेश प्रमुखको नियुक्त गर्नु अघि सर्बदलीय छलफल गर्ने निर्णय गरेको थियो ।

 

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नहुने सम्भावना बढेको चर्चा चलिरहेको बेला दुई नेताबीच हुन लागेको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाको सम्बन्ध चिसिएको बेला प्रचण्डको भेट हुन लागेको हो । नेपाली कांग्रेसले केही समय अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पांच वर्ष प्रधानमन्त्री चलाउन दिने प्रस्ताव गरेको थियो ।

 

तर,माओवादी केन्द्रले भने एमालेसंगको पार्टी एकता कसैले रोक्न नसक्ने बताउदै आएको छ ।