प्रि-ओपन सेसनमा नेप्से बढ्यो

प्रि-ओपन सेसनमा नेप्से बढ्यो


काठमाण्डु – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ । साताको दोस्रो कारोबार दिन साेमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ ।

प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीमा ओरालो लागेको छ । २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।