मोदीले सुरक्षार्थ भारतिय सेना नेपाल ल्याएको भन्दै कांग्रेस नेता आक्रोसित

मोदीले सुरक्षार्थ भारतिय सेना नेपाल ल्याएको भन्दै कांग्रेस नेता आक्रोसित


काठमाडौं– पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले काठमाण्डुमा सम्पन्न भएको (विम्स्टेक) चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाइदा लिन नसकेको आरोप लगाएका छन् ।

विम्स्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाइदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनको भनाइ छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा विम्स्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालले विम्स्टेक राष्ट्रहरुसंग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भएपनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले बताए । विम्स्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाई छ ।

‘म्यानमार(थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसंग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ,’ उनले भने ।

विम्स्टेकमा आएका केही पाहुनाहरुले आफ्नै देशका सुरक्षाकर्मी ल्याउनु दुःखद् भएको भन्दै उनले नेपाल सरकारले नेपालको सुरक्षा व्यवस्थाबारे पाहुनालाई विश्वस्त बनाउन नसकेको बताए । नेपालको सुरक्षा व्यवस्था सक्षम भएपनि सरकारले अन्र्तराष्ट्रिय रुपमा विश्वास दिलाउन नसकेको उनको जिकिर छ ।