राई र कडायतलाई उपरथीको दज्र्यानी चिह्न प्रदान, सम्हाले जिम्मेवारी

राई र कडायतलाई उपरथीको दज्र्यानी चिह्न प्रदान, सम्हाले जिम्मेवारी


काठमाडौं– हालैमात्र नेपाली सेनाको उपरथीमा बढुवा भएका डा. शशी राई र झंकरबहादुर कडायतलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

 

 

दुबै जनालाई मंगलबार एक कार्यक्रमकाबीच प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गरेका हुन्।

 

 

पुस १६गतेको मन्त्रिपरिषद् बैठकले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक सहायकरथी राई र सुदूरपश्चिम पृतना हेडक्र्वाटरका सहायकरथी कडायतलाई उपरथीमा बढुवाको निर्णय गरेको थियो।

 

 

 

उपरथीमा पदोन्नोती भएका राईले सैनिक स्वास्थ्य महानिर्देशक र उपरथी कडायतले सुदूरपश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी सम्हालेका छन्।