यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुर्घटना

यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा दुर्घटना


काठमाडौँ – यति एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । यति एयरलाइन्सको जहाज नेपालगञ्जबाट काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएको हो । दुर्घटनामा परी केही यात्रु सामान्य घाइते भएका छन्। विमानस्थल स्रोतकाअनुसार यतिको जेटस्ट्रिम ४१ जहाज दुर्घटनामा परेको हो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जहाज चिप्लिएर धावन मार्गभन्दा बाहिर पुगेको बताए । दुर्घटना रातको साढे ८ बजे भएको हो ।

बिमानस्थलमा अवतरण गर्ने क्रममा बाक्लो कुहिरो लाग्नुका साथै पानी परिरहेको थियो । दुर्घटनाबाट जहाजमा समेत क्षती पुगेको छ । जहाजमा चालक दलका सदस्यसहित २१ जना भारतिय पर्यटक रहेको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए ।