​दुई करोड रुपैयाँ हिनामिना गरेर टाप कसे वडा सचिव

​दुई करोड रुपैयाँ हिनामिना गरेर टाप कसे वडा सचिव


गोरखा– गोरखाको अजिरकोट गाउँपालिकाका वडा नम्वर ३ र ५ का वडासचिव दीपकबहादुर दर्जी दुई करोड रुपैयाँ हिनामिना गरेर सम्पर्कविहीन भएका छन्।

 

 

दुई आर्थिक वर्षको विल भर्पाईसमेत नबुझाएका दर्जी साउन ३ गतेबाट सम्पर्कविहीन बनेका हुन्। वडा अध्यक्षसँग ३ दिनको बिदा लिएर हिँडेका उनी हाल सम्पर्कमा नरहेको

 

 

जिल्ला समन्वय समितिका संयोजक नारायण आचार्यले जानकारी दिए।

 

 

उनी अजिरकोट गाउँपालिका वडा नम्बर ३ मा पर्ने साविकको हंसपुर र वडा नम्बर ५ मा पर्ने साविकको मुच्चोक गाविसका सचिव थिए।

 

 

 

दर्जीले दुई आर्थिक वर्षमा गाविसको खाताबाट पैसा झिकेको देखिए पनि खर्चको हिसाब नबुझाउँदा उनको नाममा करोडौं रुपैयाँ बेरुजु देखिएको छ।

 

 

सम्पर्कविहीन भएका वडा सचिव दर्जीको नाममा आर्थिक वर्ष २०७२÷७३ र ७३÷७४ को २ करोड ९० हजार ३ सय २० रुपैयाँ ३५ पैसा बेरुजु देखिएको छ। त्यसमा सामाजिक सुरक्षा भत्ता, गाविस अनुदान र अन्य पुँजीगत खर्च बेरुजु देखिएको आचार्यले बताए।