काठमाण्डु – प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।
बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यो सेसनमा कुल नौवटा कम्पनीमा उकलो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया