घाइते पूर्वजनसेना बमजनको उपचारार्थ माओवादी केन्द्रद्वारा साढे पाँच लाख सहयोग

घाइते पूर्वजनसेना बमजनको उपचारार्थ माओवादी केन्द्रद्वारा साढे पाँच लाख सहयोग


काठमाडौं–  नेकपा माओवादी केन्द्रले पूर्वजनमुक्ति सेनाका घाइते सुरेन्द्रकुमार बमजनको उपचारार्थ साढे पाँच लाख सहयोग गरेको छ।

 

 

 

माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको पहलमा युएई, दक्षिण कोरिया, कुवेत, साउदी अरव र कतारबाट जुटाइएको पाँच लाख ४८ हजार तीन सय ६५ रुपैयाँ बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बमजनलाई हस्तान्तरण गरे।

 

 

सहयोग रकम हस्तान्तरण गर्दै प्रचण्डले बामपन्थीहरुको नेतृत्वमा बन्ने नयाँ सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको उपचार र जीवन निर्वाहका लागि नीतिगत निर्णय गर्ने बताए।

 

 

सिन्धुली घर भएका पूर्व जनमुक्ति सेनाका सदस्य बमजन पाँच वर्षअघि पार्टी कामको सिलसिलामा सिन्धुलीको भीरबाट लडेर घाइते भएका थिए।