फोर्ब्सले प्रकाशित गर्यो यी धनाढ्य अभिनेताको सूची

फोर्ब्सले प्रकाशित गर्यो यी धनाढ्य अभिनेताको सूची


एजेन्सी – विश्वमै सबैभन्दा धेरै कमाई गर्ने अभिनेताहरुको सूची फोर्ब्सले प्रकाशित गरेको छ । पहिलो नाम हलिउड अभिनेता जर्ज क्लूनीको रहेको छ ।

पहिलो स्थानमा रहेका अभिनेता जर्ज क्लूनीको आय २३ करोड ९० लाख डलर देखाइएको छ । दोस्रो नम्बरमा आएका डवेन जनसन द रक दोस्रो नम्बरमा आएका छन् । यसको आय १२ करोड ४० लाख देखाइएको छ । आयरमैन रबर्ट डाउनी जूनियरको वार्षिक आय आठ करोड १० लाख देखाइएको छ ।

फोर्ब्सको वर्ल्ड हाइएस्ट पेड एक्टर्सको लिस्टमा अक्षय कुमार वार्षिक २८३.५ करोड रुपैयाँ कमाईका साथ सातौं स्थानमा छन् भने सलमान खान वार्षिक २६९.५ करोड रुपैयाँ कमाएर नवौं स्थानमा छन् । अक्षय पछिल्लो वर्ष यो सूचीमा एक स्थान पछाडि थिए । तर शाहरुख खानले यो टप १० सूचीमा स्थान बनाउन सकेनन् ।