काठमाण्डु- टि-ट्वान्टी लिग क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा एक जना भारतिय नागरिक पक्राउ परेका छन् । बिहीबार सट्टेबाजी गरेको आरोपमा भारतको दिल्ली उत्तमनगर घर भएर काठमाण्डुस्थित गौशाला बस्ने ३६ वर्षीय प्रतिककुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
कीर्तिपुर नगरपालिका-१०स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि-२० पुरुष राष्ट्रिय क्रिकेट लिग भइरहेको छ । बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।
आरोपीले फार वेष्ट युनाइटेड र विराटनगर सुपर किंगस् बीच भएको खेलमा अनलाइनमार्फत सट्टेबाजी गराएको प्रहरीको दावी छ ।
प्रतिक्रिया