अर्थ सचिवमा राय र राजस्व सचिवमा घिमिरेलाई ल्याईयो

अर्थ सचिवमा राय र राजस्व सचिवमा घिमिरेलाई ल्याईयो


काठमाण्डु – सरकारले अर्थ सचिव र राजस्व सचिव परिवर्तन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव कृष्णहरि पुष्कर र राजस्व सचिव रामेश्वर दंगाललाई हटाएर अर्थसचिवमा तोयम राया र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो ।

राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।