काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि नयांदिल्ली प्रस्थान गरेका छन्।
तीन दिने भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै भारतका उच्च नेतृत्वसंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले आफ्नो भ्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको लगातारको नेपाल भ्रमणमा भएका सहमति कार्यान्वयनको सुदृढ वातावरण बनाउनु भएको बताए ।
प्रचण्डले आफ्नो भारत भ्रमण राजनीतिक भ्रमण नभएको स्पष्ट पारे। ‘राजनीतिक एजेन्डामा होइन् विकास र पहिले भएका सहमति र भारतले गरेका प्रतिवद्धता स्मरण गराउनका लागि यो भ्रमण भएको हो’ ।
सरकारले गरेका थुप्रैप्रतिवद्धताहरु छन् , त्यसको स्मरण गराउने विचार छ’ उनले भने, ‘चाहे संसदमा भारतका प्रधानमन्त्रीले बोल्दा भनिएका हुन्, चाहे भूकम्पको सन्दर्भमा नेपालमा गर्ने सहयोग होस्’। पछिल्लो पटक दुई देशका प्रधानमन्त्रीबीच भएका सहमति कार्यान्वयनबारे पनि कुराकानी गर्ने प्रचण्डले बताए ।
प्रतिक्रिया