काठमाण्डु- लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ ।
विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी-२० लिगको उपाधि जितेको हो । उपाधिसँगै लुम्बिनीले ५५ लाख पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ ।
लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।
प्रतिक्रिया