काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नाै सय रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजाे तोलाको एक लाख दुई हजार नाै सय रुपैयाँ निर्धारण भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।
प्रतिक्रिया