भारतको चेपुवामा नेपाली सिमेन्ट उद्योगी, कच्चापदार्थ आयातमा समस्या

भारतको चेपुवामा नेपाली सिमेन्ट उद्योगी, कच्चापदार्थ आयातमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज – भारतबाट कच्चापदार्थ आयात गर्दै आएका नेपालका सिमेन्ट उद्योगी नेपाल र भारत दुवै पक्षको चेपुवामा परेका छन्। नेपालका सिमेन्ट उद्योगका लागि चाहिने क्लिंकर, जिप्सम, स्ल्यागलगायत धूलोजन्य कच्चापदार्थ (डस्टी कार्गो) उद्योगी र आयकर्ताले वीरगन्जको सीमावर्ती सहर रक्सौलको रेलवे यार्डमा अनलोड गरेर मालवाहक गाडीमा लोड गरी नेपाल आयात गर्दै आएका थिए।

 

 

 

 

तर रेलवे यार्डमा डस्टी कार्गोको लोडअनलोड गर्दा त्यसबाट उड्ने धूलोधूवाँले वातावरण प्रदूषण हुनुका साथै स्थानीयको स्वास्थ्यमा असर पारेको भन्दै रक्सौलवासीले एक वर्षदेखि निरन्तर आन्दोलन गरेका हुन्। फलस्वरूप रेलवे यार्डमा डस्टी कार्गोको लोड अनलोड शनिबारदेखि बन्द गरिएको छ।

 

 

 

रक्सौलका स्थानीयको आन्दोलनपछि भारतको केन्द्र सरकार मातहतको भारतीय रेलवे र त्यसको भगिनी संस्था भारतीय कन्टेनर निगम लिमिटेड कनकोरले नेपाली सिमेन्ट उद्योगका डस्टी कार्गो सीधै वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा अनलोड गर्ने एकपक्षीय निर्णय गरेको हो। लगत्तै सुक्खा बन्दरगाह रहेको सिर्सिया र आसपासका स्थानीयले पनि सुक्खा बन्दरगाहमा डस्टी कार्गोको लोडअनलोड गर्न नदिने भन्दै विरोध सुरु गरिसकेका छन्।

 

 

 

सिर्सियाका नवनिर्वाचित वडाध्यक्ष विश्वराज पटेललगायतको नेतृत्वमा सोमबार सुक्खा बन्दरगाह परिसरमा पुगेका सिर्सिया र अलौंका स्थानीयले बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनलका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले बन्दरगाहको भन्सार कार्यालयअघि प्रदर्शन पनि गरेका थिए। बन्दरगाहमा डस्टी कार्गो रेलवे र्‍याकबाट खन्याएर ट्रक र ट्रिपरमा लोड गर्दा त्यसबाट उड्ने धूलोले गाउँमा बस्नै नसक्ने अवस्था सिर्जना हुने भएकाले बन्दरगाह कुनै पनि हालतमा डस्टी कार्गो लोडअनलोड गर्न नदिने स्थानीयको अडान छ।

 

 

नेपालमा सञ्चालित करिब ६० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योगका लागि कच्चापदार्थ आयात वीरगन्ज नाकाबाटै हुन्छ।

 

 

 

 

रक्सौलमा रेलवेको यार्डमा डस्टी कार्गोको लोडअनलोड बन्द गरिएको र त्यसको साटो वीरगन्जको सुक्खा बन्दरगाहमा लोडअनलोड गरिने विषयमा भारतीय रेलवेले नेपाली पक्षलाई कुनै पनि आधिकारिक जानकारी नै नगराएको वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजूले बताए। ‘यस विषयमा भारतीय पक्षले नेपाल सरकारलाई आधिकारिक जानकारी नगराए पनि नेपाल सरकार गम्भीर छ। समस्याको दीर्घकालीन सामधानका लागि छलफल भइरहेको छ’, उनले भने। तत्कालका लागि भने रक्सौलकै यार्डबाट डस्टी कार्गोको लोड अनलोड गर्न भारतीय पक्षले दिनुपर्ने उनले बताए।

 

 

 

नेपालमा सञ्चालित करिब ६० प्रतिशतभन्दा बढी सिमेन्ट उद्योगका लागि वीरगन्ज नाकाबाटै हुुन्छ। भारतीय पक्षले एकपक्षीय निर्णय गरेको गुनासो गरे। नेपाली सिमेन्ट उद्योगका लागि आयात हुने धूलोजन्य कच्चापदार्थबाट उड्ने धूलो र धूवाँको प्रदूषणको मार भारतीय जनताले खेप्नु जायज नभएकाले अबदेखि वीरगन्जको सुक्खा बन्दरगाहमा धूलोजन्य कच्चापदार्थ अनलोड गर्ने निर्णय भारत सरकारले गरेको वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत बीसी प्रधानले जानकारी गराए।

 

 

 

सरकार र नेपालका सिमेन्ट उद्योगीलाई खबर नै नदिई भारत सरकारले गरेको एकल निर्णय कार्यान्वयन गर्न समस्या रहेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोककुमार टेमानीले बताए। वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहमा डस्टी कार्गो भण्डारण गर्ने पर्याप्त स्थान नभएको र लोडअनलोड गर्ने आवश्यक उपकरणको पनि अहिले कमी भएको भन्दै उनले भारतीय सरकारको निर्णय कार्यान्वयनका लागि कम्तीमा पनि नेपाली उद्योगीलाई ६ महिनाको समय दिनुपर्ने सुझाए।

 

 

 

 

सुक्खा बन्दरगाहमा अहिले डस्टी कार्गो लोडअनलोड गर्दा थप समस्या हुने भएकाले पूर्वाधार तयार नहुँदासम्म अर्को व्यवस्था गर्न जगदम्बा स्टिलका प्रमुख कार्यकारी अधिकृत अनुराग शर्माले भारतीय पक्षसँग आग्रह गरे। आजको अन्नपूर्णपोष्टमा खबर छ ।