अल्टिच्युड हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, जिवितै भेटिइन् डोल्मा आनी

अल्टिच्युड हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, जिवितै भेटिइन् डोल्मा आनी


काठमाडौं – उत्तरी गोरखा सानागाउँबाट काठमाडौं आउने क्रममा सम्पर्कविहिन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि छ ।

हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिला भने जिवितै भेटिएकी छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

अल्टिच्युड एयरका प्रतिनिधि दुर्घटनास्थल पुगेका विमानस्थल कार्यालयका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिएका छन्। ’हेलिकोप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु सवार थिए। एक जना महिला घाइते अवस्थामा भेटिएकी छिन् ’ प्रवक्ता तिवारीले भने।

हेलिकोप्टरमा सवार यात्रु र पाइलटको नाम :