खप्तड गोल्डकप : एपीएफ क्वार्टरफाइनलमा प्रवेश

खप्तड गोल्डकप : एपीएफ क्वार्टरफाइनलमा प्रवेश


धनगढी– विभागीय टीम एपिएफ धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

 

 

धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहार क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पाखा लगाउँदै एपीएफ अन्तिम ८ मा पुगेको हो।

 

 

पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउट भएको थियो। सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले वचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुर्याएका हुन्।

 

 

गोल रोकेर टिमलाई जिताएका १० हजार नगदसहित म्यान अफ द म्याचको उपाधि पाए।

 

पेनाल्टी सुउआउटमा एपिएफएका लागि गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट सुदीप सिल्पकार आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए।

 

 

सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ विजय श्रेष्ठ मानवहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो।

 

 

प्रतियोगिता अन्तर्गत आइतबार काठमाडांैको सिएमजी संकटा र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११ र उपबिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडलसहितको पुरस्कार प्रदान गरिनेछ।