निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा छ : अर्थमन्त्री पौडेल


काठमाण्डु- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सोमबार निर्यात व्यवसायी महासङ्घका प्रतिनिधिहरुसँग कुरा गर्दै उनले निर्यात प्रवद्र्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताएका हुन् । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरी आवश्यक निर्णय लिने उनको भनाइ छ ।

महासङ्घका अध्यक्ष रामबहादुर गुरुङ नेतृत्वको टोलीले अर्थमन्त्री पौडेलसँग निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय मेला आयोजना गर्न माग गरेको थियो । महासङ्घले नेपाली मौलिक उत्पादनको पहुँच विश्वबजारसम्म पु¥याउन, निर्यातजन्य नेपाली वस्तु तथा सेवाको मूल्य तथा बजार बढाउन र निकासी सहजताका लागि आवश्यक पहल गर्न माग गरेको थियो ।