लायन्स क्लवद्धारा वृद्धवृद्धा बालबालिकालाई मासिक २५ हजार बराबरको औषधी उपलब्ध

लायन्स क्लवद्धारा वृद्धवृद्धा बालबालिकालाई मासिक २५ हजार बराबरको औषधी उपलब्ध


काठमाडौं – शुक्रबार धुम्बाराहि स्मार्ट क्याफेमा लायन्स क्लवको आयोजनामा । लायनवादमार्फ मानविय सेवामा लाग्न लायन्स क्लवका डिस्ट्रिक गर्भनर सुदर्शन प्रधानङ्गले आग्रह गरेका छन् ।

Joint Induction and Installation Ceremony मा उनले समाजसेवामा लाग्न सबैलाई आग्रह गरेका हुन् । लायनवादमार्फत समाजसेवामा प्रवेश गरेका १८ वटा लायन्स क्लवका नयाँ सदस्यहरुलाई पिन र प्रमाणपत्र  समेत वितरण  गरिएको थियो।

लायन्स क्लव सन् १९१७ मा स्थापना भएको थियो भने,नेपालमा सन् १९५१ मा पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले विराटनगरमा स्थापना गरेका थिए ।

नेपालमा लायन्स क्लवका एक हजार क्लब र ४ वटा डिस्ट्रिक रहेका छन् । लायन्स क्लबले मानव सेवा आश्रममा रहेका वृद्धवृद्धा र बालबालिकाको लागि औषधी खरिद गर्न मासिक २५ हजार दिने गभर्नर प्रधानाङ्गले बताएका छन् ।

भर्खरै लायन्स क्लबले धादिङको ग्रामिण भेगमा सुविधा सम्पन्न विद्यालय बनाइदिएको छ । जसले गर्दा विद्यार्थीलाई पठनपाठनमा सुविधा भएको गभर्नर प्रधानाङ्गले बताए । क्लबले कलंकीमा सर्वजनिक शौचालय बनाउने कार्य सुरु गरेको समेत जनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिमा मल्टीपल चियर पर्सन डि.आर. खनाल, एरिया लिडर खगेन्द्र सिटौला रहेका थिए भने अन्य अतिथिहरुमा प्रथम भाइर्स डिस्ट्रिक गर्भनर सोभा जोशी, द्वतिय भाईस डिस्ट्रिक गर्भनर डा. सुशीला मल्ल, लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो ।