गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री प्रचण्डलाई

फाइल तस्बिर

काठमाण्डु- नेकपा (माओवादी केन्द्र ) ले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे प्रधानमन्त्री प्रचण्ड आफैँले निर्णय गर्ने बताए । ‘गृहमन्त्रीबारे कुनै कुरा नै भएन। यसबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ। यो सरकारको विषय हो’, महराले भने।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रबि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेजीको फैसला गरेको थियो । सांसद पद खारेज भएसागै उपप्रधान एवं गृहमन्त्री रहेका लामिछाने पदमुक्त भएका थिए ।