हेलिकप्टर दुर्घटना : अल्टिच्युटद्वारा दु:ख व्यक्त (प्रेस विज्ञप्ती सहित)

हेलिकप्टर दुर्घटना : अल्टिच्युटद्वारा दु:ख व्यक्त (प्रेस विज्ञप्ती सहित)


काठमाडौं –गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कंदै गरेको अल्टिच्युड एयरलाइन्सको 9N-ALS दर्ता चिन्ह भएको H-125 ( AS 350 B3e ) हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाको प्रति अल्टिच्युट एयरले समवेदना प्रकट गरेको छ ।

हेलिकोप्टरमा सवार ७ जनामध्ये ६ जनाको मृत्यु भएको छ भने १ जना महिला भने जिवितै भेटिएकी थिईन् । जीवितै भेटिएकी डोल्मा आनीलाई सोहि दिन सबै पक्षको सहयोगमा उद्धार गरि हेलिकप्टर मार्फत उपचारको लागी ललितपुरस्थित मेडिसिटि अस्पताल पूर्याई आवश्यक उपचार भैरहेको अल्टिच्युड एयरलाइन्सका प्रबन्ध निर्देशक निमा नुरु शेर्पाले जानकारी दिए ।

साथै मृतकहरुको २०७५ भाद्र २५ गते विहान विभिन्न हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल ल्याईसकेको छ । मृतककाे शव पोष्टमार्टमको कानुनी प्रक्रिया पूरा गरि सम्बन्धित परिवारलाई जिम्मा लगाइने  विज्ञप्ती मार्फत प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिएका छन् ।

दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको थियो अन्य यात्रुमा जापानी नागरिक हिरोमी कोमात्सु राहदानी नम्बर टिके ७१३६१२०६८०, रामेछापका ४० वर्षीय डिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेका थिए । दुर्घटनामा छ जनाको मृत्यु भएको थियो । हेलिकप्टरमा पाइलट निश्चल केसीसहित ६ जना नेपाली र एक जना जापानीज नागरिक थिए ।