प्रचण्ड र ओलीको बैठकपछि एकताको मोडालिटी टुंगिने

प्रचण्ड र ओलीको बैठकपछि एकताको मोडालिटी टुंगिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरणको विषयमा छलफल गर्न पार्टी एकता संयोजन समितिको बैठक वस्ने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठककै लागी आईतबार स्थलगमार्गबाटै काठमाडौं आइपुगेका छन् ।

 

संयोजन समितिको बैठकअघि प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता समेत हुने माओवादी स्रोतको दाबी छ । मौसम खराबीका कारण प्रचण्ड शनिवार चितवनमै रोकिएका थिए । माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ले दुई पार्टीका शिर्ष नेताको छलफलपछि संयोजन समितिको बैठक वस्ने बताए ।

 

‘एमाले अध्यक्ष उपचारमा जानुअघि नै एउटा समझदारी बनाउने कुरा छ, आज दुई पार्टीका प्रमुख नेताको छलफलपछि सबै विषय टुंगिन्छ ।’ सुवेदीले काठमाडौंपाटीसंग भने ।

 

प्रचण्ड भरतपुर महानगरपालिकाको नगरसभामा सहभागी हुन गत बिहीबार चितवन गएका थिए ।

 

एमाले अध्यक्ष ओली आगामी बुधवार उपचारको लागी थाइल्याण्डको राजधानी बैंकक जादैछन् । ओली र प्रचण्डको छलफलपछि एकताको मोडालिटी टुंगिने एमालेका एक नेताले बताए ।